ब्लगबारे

वर्तमान समय विन्डोको समय भए पनि यस ब्लगको नाम वातायन छ, कारण यसले झ्यालबाट देखिने जति दृश्य नदेखिए पनि, झ्यालमा भए जति सामग्री नभए पनि झ्याल बन्द गरेका बेला धेरै उकुसमुकुस भएमा वातायन खोलेर केही आरामको सास फेर्न सकिन्छ होला भन्ने ध्येय बोकेको छ ।
समकालीन साहित्यमा चलिरेहेका नवीन सिर्जना, समीक्षा र वादहरू समेट्ने सानो प्रयास छ यसमा ।

Thursday, February 10, 2011

उत्तरआधुनिकताको फराकिलो बहस

अच्युत वाग्ले
उत्तरआधुनिकतालाई सरलीकरण गरेर आफ्ना वास्तविकताहरूको सापेक्षमा बुझ्ने मेरो आग्रहलाई धेरै 'सिङ-जुरा' उम्रेका र 'ऐ“जेरु'झैं मौलाएका विद्वानहरूले धेरै विशेषण लाइदिनुभएको छ । व्यक्तिगत रूपमा ती भनाइमाथि टिप्पणी-प्रतिटिप्पणी गर्नुपर्ने आवश्यकता छैन । तर दर्ुगाग्यवश लगभग दर्जनको संख्यामा प्रकाशित आलेख र पाठक प्रतिक्रियामा पनि साहित्य-इतर उत्तरआधुनिकतास“ग सम्बन्धित राजनीति, आर्थिक विकास र सांस्कृतिक पाटोहरूमा कसैले पनि केही बोलेनन् । साहित्य र्सजकका उद्भव- उन्मुख सिर्जना प्रवृत्तिका कारणबारे पनि कोही प्रवेश गर्न चाहेन । बरु यसमाथि बहस नै नगरौं, यो 'मोनोटोनस' भयो भन्ने आग्रह आए । साहित्यिक पाठ्यपुस्तकमा मात्र घोकिएका दर्जनौं चिन्तक एवं लेखकका उद्धरण साभार भए । जब बहस एकांकी हुन्छ, त्यो निरस र बोझिलो हुन्छ नै । तर्सथ बहस नगरौं होइन, यसलाई सरलीकृत र हाम्रो जीवनका भोगाइको सामिप्य बनाऔं भन्ने मेरो आग्रह छ ।
जे होस्, अहिले चलेको बहसले उत्तरआधुनिक चिन्तन स्वतन्त्रताप्रति आमपाठकमा निकै चासो जगाएको मात्र छैन, केही विषय-सारलाई छलफलको केन्द्रविन्दुमा पनि ल्याएको छ । उदाहरणका लागि, सिर्जना पहिले कि 'वाद' - भन्ने प्रश्न आयो । वास्तविक उत्तरआधुनिक बुझाइमा सिर्जनाले नै विचार र बहस जन्माउ“छ र त्यसको फैलावट भएर त्यो व्यापक रूपमा स्वीकार्य एवं पुनः प्रयोग -रेप्लिकेसन) भएपछि कुनै 'वाद'को रूप लिन्छ । तर साम्यवादी चिन्तकर्/र्सजक यसलाई स्वीकार्दैनन् । उनीहरूका विचारमा साहित्य प्रगतिशील वा जनमुखी हुनर्ुपर्छ, राजनीति र्सवहारा अधिनायकवाद नै हुनर्ुपर्छ, अर्थव्यवस्था राज्य निर्देशित हुनर्ुपर्छ र सांस्कृतिक पहिचान समूल नष्ट गरेर मानव पहिचानलाई नै समानीकरण गरिनर्ुपर्छ । यी सबै वैचारिक पक्षहरू मार्क्सवादको प्रसारपछि जन्मेका हुन्, जहा“ 'वाद' सिर्जनाभन्दा पहिले आएको छ ।
त्यस्तै उत्तरआधुनिक अवधारणाले झैं पाठक, दर्शक वा उपयोगकर्तालाई समग्रमा ग्राहकका रूपमा सम्बोधन गर्न नहुने आशय पनि अभिव्यक्त भएको पाइयो । यो तर्कमा उत्तरआधुनिकतालाई सहित्यमा मात्र सीमित गर्ने अभ्रि्राय वा अज्ञानता निहित छ । निश्चय नै साहित्यको मात्र कुरा गर्दा जहा“ भावना मनोविज्ञान, सौर्न्दर्यचेत र परायथार्थवादी चित्रणको स्थान रहन्छ, त्यहा“ 'ग्राहक' शब्द अति-भौतिकवादी सुनिन सक्छ । तर यदि यसलाई व्यापक अर्थमा, आमनागरिकलाई राजनीतिक प्रणालीको सेवाग्राही, आर्थिक प्रणालीको लाभग्राही र सामाजिक सहअस्तित्वमा भावनात्मक सन्तुष्टिको अपेक्षा गर्ने पात्रका रूपमा बुझियो भने ऊ ग्रहणकर्ता वा ग्राहक नै हो । यसका केही थप पक्ष पनि छन्, जसमाथि थप छलफल गर्न सकिन्छ, जुन यो छोटो लेखमा सम्भव छैन ।
यो बहसको क्रममा विनिर्माण, विश्वदृष्टि, महाआख्यान र त्यसको पुनःलेखनको उल्लेख पनि निकैपटक भएको छ । विनिर्माण खोज्न डेरिडा, विश्वदृष्टिका लागि क्रिश्चिय दर्शन र महाआख्यान -मेटान्याराटिभ) का लागि जा“ प|mान्सिस ल्योर्टार्डतर्फनै मात्र फर्केर बोल्नर्ुपर्छ भन्ने आग्रह गलत छ । पर्ूर्वीय साहित्यको अद्वितीय ग्रन्थ वेदमा उल्लेख भएको ब्रह्माबाट पुरुष र प्रकृति बनेको कुरालाई विनिर्माणको सुन्दर दृष्टान्त मान्न सकिन्छ । हाम्रै घर-आ“गनमा झुसिलकीरा नष्ट भएर पुतली निस्कने प्रक्रिया कम रोचक छ र –
विश्वदृष्टि एउटा भ्रम हो । कृष्ण, क्राइष्ट वा अरू कसैलाई र्सवव्यापी, र्सवज्ञानी मान्नु, एउटै आर्थिक विकासको मोडलले संसारको गरिबी हटाउने दाबी गर्नु, एउटा राजनीतिक कार्यक्रम र सिद्धान्तले विश्व विजय गर्ने योजना बनाउनुका र्व्यर्थता अहिले व्याख्या गर्नु आवश्यक छैन । मानवतावादी विश्वदृष्टिको अस्तित्व रहनर्ुपर्छ भन्ने केही छन् । मृत्युलाई मानवीय समवेदनाका दृष्टिले समान मान्न सकिएला, तर कुपोषणले मृत्यु हुने र अतिपोषण र मोटाइका कारण मृत्यु हुनेहरूप्रतिको समवेदना निश्चय नै फरक हुन्छ । त्यसैले मानवतावादी विश्वदृष्टि पनि सधैं समान हु“दैन ।
महाआख्यानबारे यसअघि नै धेरै लेखिइसकेको छ । सिग्मन्ड प|mायडलाई देख्ने वात्स्यायनाई नदेख्ने, एडम स्मिथ घोक्ने कौटिल्य नबुझ्ने वा युलिससबारे मन्थन गर्ने तर वेदबारे अनभिज्ञ रहने संस्कारले महाआख्यानको अस्तित्व रहेको हो । तुलनात्मक अध्ययन र स्थान वा आत्मसापेक्ष विशिष्ठ बुझाइस“गै सबै तथाकथित महाआख्यानहरूको निर्रथकता स्वतः उजागर हुन्छ । नेपालमा उत्तरआधुनिकताको वर्तमान बहसमा झन्डै-झन्डै केन्द्रविन्दुमा राखेर चर्चा गरिएको विषय हो- पुनःलेखन । पहिलो कुरा, सबै महाआख्यानको विश्वव्यापी प्रभाव र अस्तित्वलाई नै अस्वीकार गरिसकिएपछि त्यसैको पुनःलेखनको सान्दर्भिकता स्थापित गर्न खोज्नुको कुनै अर्थ रह“दैन । दोस्रो कुरा, पुनःलेखन, पुनःसंरचना वा पुनःनिर्माणमात्र वास्तविक जीवन र जगतसापेक्ष समस्यालाई सम्बोधन र समाधान गर्न अपर्याप्त छन् । त्यसका लागि सम्पर्ूण्ातामा नवीन लेखन र नवनिर्माण अपरिहार्य हुन्छ ।
साहित्यमा भर्जिनिया उल्फ, समाजशस्त्रमा रोबोर्ट रेडफिल्ड, राजनीतिक दर्शनमा प|mान्सिस फुकुयामाभन्दा पहिलेका चिन्तनधारा र अर्थशास्त्रमा वाल्ट रोष्टोको विकासका चरणको सिद्धान्तसम्मलाई मात्र पुनःलेखनको अवधारणले समेट्छ । नया“ विकसित स्वःअस्तित्वसहितको विकास अवधारणमा पुनःलेखनकोे सान्दर्भिकतामात्र मानवजीवनको परिचयलाई इतिहास र सम्पदास“ग जोड्ने कुरामा सीमित छ । पुनःलेखनमा भविष्यदृष्टि शून्य हुन्छ ।
पुनःलेखनको औचित्य स्थापित गर्ने होडबाजीमा केही मित्रहरूले नेपालका राजनीतिक दलले आफ्ना सैद्धान्तिक आधारभूमिको पुनःलेखन गरेको दाबी गर्नुभएको छ । वास्तवमा त्यो पुनःलेखन नभएर नवीन लेखनको सुरुवात हो । साम्यवादी सिद्धान्तको कुनै पनि कुनामा रक्तिम क्रान्तिको सट्टा चुनाव, बहुदलीय प्रतिस्पर्धा, निजी क्षेत्रको विकास, मानवअधिकार वा प्रेस स्वतन्त्रताजस्ता विषय पुनःलेखन गरेर घुसाइएका होइनन् । नत प्रजातान्त्रिक समाजवादलाई पुनःलेखन गरेर आर्थिक उदारवाद अवलम्बन भएको हो । ती अव्यावहारिक सिद्धान्त जहा“ थिए, त्यही छोडिए । अब समयसापेक्ष नवलेखन सुरु भएको छ, जुन कुनै ठूलो सिद्धान्त बन्नु जरुरी छैन । तर हाम्रा आवश्यकतालाई सम्बोधित गर्न सक्नेगरी व्यावहारिक हुनु बढी आवश्यक छ ।
प्रस्टै छ, हामी कुनै पनि स्वरूपको संविधानको पुनःलेखन गर्न तयार भएनौं र त्यसको समग्र नवीन लेखनको पक्षमा सिङ्गो राष्ट्र उभिएको छ, यतिखेर । संक्षेपमा, पुनःलेखनमार्फत हुने आंशिक सुधार वा टालटुलले वर्तमान विश्वले भोगेको आर्थिक असमानता, राजनीतिक अराजकता र सामाजिक पहिचानहीनताजस्ता समस्याहरूको समाधान गर्दैन । त्यसका लागि महाआख्यान, महान परम्परा, अभिजात्यताउन्मुख संस्कार वा विश्वव्यापी अवधारणाजस्ता सहजै अगम्य र बोझपर्ूण्ा अवधारणबाट डिपार्चर हुनु आवश्यक छ । अहिलेलाई यत्ति नै मात्र भनु“ पुनःलेखनबारे ।
अन्त्यमा, उत्तरआधुनिकताको बहसलाई केही 'मठाधीशहरू'को जिम्मा लगाएर बुद्धिविलासको मात्र हतियार बन्न दिनु हु“दैन । विषयलाई समग्रतामा बुझ्न नचाहने, आफू ठूलो विद्वान कहलिने लोभमा कुरा नबुझी उत्तरआधुनिकताको आवरणमा जे पायो त्यही लेख्ने र जे लेखिन्छ, त्यसलाई हाम्रो सर्न्दर्भस“गको तादात्म्य स्थापित नगर्ने परिपाटीले यसलाई कोरा बुद्धिविलासमात्र बनाउनेछ । बसाइ, नासो वा मुनामदनका पक्षमा तर्क राख्नेहरू नै हुन्, जसले उत्तरआधुनिकताको सर्न्दर्भलाई राम्ररी आत्मसाथ गरेका छन् । अर्को भूगोलका उत्तिकै चर्चित सिर्जना, व्यवस्था वा परिपाटीलाई हाम्रा कृति मूल्यांकनको मापदण्ड बनाउने संस्कारलाई भत्काउनर्ुपर्छ । त्यसको सट्टा सपहिचान अन्तरक्रियात्मक सहकार्य अगाडि बढाउनर्ुपर्छ । आफ्नो र्सार्वभौम विशेषता अक्षुण्ण राखेर विश्वस“ग सहकार्य गर्नु सबभन्दा उत्तम बाटो हो । त्यही उत्तरआधुनिकताको सरल सपाट बुझाइ पनि हो ।

उत्तर-आधुनिकताको सतही बहस
संसारभरि नै चलिरहेको उत्तर- आधुनिकताको बहस नेपालमा पनि भित्रिएको छ । मूलतः राजनीति, आर्थिक विकास, सांस्कृति तथा कला- साहित्य सिर्जना गरी चार पक्षमा उत्तर- आधुनिकता माथिको विश्वव्यापी बहस/ मन्थन जारी छ ।
उत्तर-आधुनिकताको उचित र उन्नत बुझाइका लागि यी चारै पक्षमा यसले राख्ने दृष्टिकोणबारे सामान्य जानकारी र यी क्षेत्रमा अहिलेसम्मको विकासक्रमको समझदारीको आवश्यकता पर्छ । अन्यथा यसको बुझाई अपूरो र एकांकी हुनजान्छ- अन्धा र हात्तीको कथाजस्तै । नेपालको सर्न्दर्भमा अहिले त्यस्तै भएको छ ।
उत्तर-आधुनिकतामाथिको बहस विश्वविद्यालयका केही अंग्रेजी भाषाका प्राध्यापकले सुरु गराएका हुन् । यसका लागि उनीहरू धन्यवादका पात्र छन् । तर उनीहरूले सुरु गराएको यो बहसको प्रवृत्ति र छनकले उत्तर-आधुनिकता साहित्य सिर्जनास“ग मात्र सम्बद्ध कुरा हो कि जस्तो प्रतीत हुन्छ । तर्सथ केही अखबारी र पुस्तक लेखनीमार्फ जारी यो अपूरो वाद-प्रतिवाद एकांकी त छ“दैछ, विषय ज्ञानका कसीमा पनि छिपछिपे र कतिपय अवस्थामा ठ्याक्कै उल्टो र भ्रमित पार्ने प्रकृतिको समेत देखिएको छ ।
दुइ-अर्ढाई वर्षघि गोविन्दराज भट्टर्राईले उत्तर-आधुनिकतामाथि पत्रपत्रिकामा लेख्नुका साथै एउटा एफएम रेडियोमार्फ साप्ताहिक बहस नै चलाउनुभयो । अहिले उहाले यसै विषयमाथि लेखिएको दाबीसाथ एउटा पुस्तक पनि प्रकाशित गर्नुभएछ । रेडियो कार्यक्रममार्फ भट्टर्राईले जसरी आफ्नो सतही बुझाइका आधारमा विषयवस्तुलाई तोडमरोड गरेर श्रोता-पाठकलाई मूख बनाइरहनुभएको थियो, त्यसको प्रतिवाद गर्नु र वास्तविक जानकारी यस विषयमा चासो राख्नेसम्म पुर्‍याउनु आवश्यक छ भन्ने त्यतिबेलै महसुस भएको हो ।
यही आवश्यकताबारे प्राध्यापक अभि सुवेदी र मित्र संजीव उप्रेतीस“ग छलफलसमेत गरे“ । अहिले उप्रेतीले शृङखलाबद्ध रूपमा लेखिरहनुभएको छ । तर आर्श्चर्य, उहा“को लेखाइले पनि उत्तर-आधुनिकताबारे उहा“को ज्ञान निकै सीमित छ भन्ने प्रस्ट पार्‍यो । उहा“का प्रस्तुति आंशिकमात्र सत्य हुन् । जस्तो- महाआख्यानबारे उहँ“को बुझाई सही छ भने विश्वदृष्टिको पुनःलेखनसम्बन्धी चर्चा गलत छ । उत्तर-आधुनिकता अखण्डित विश्वदृष्टि राख्दैन, त्यसैले त्यसको पुनःलेखनको व्याख्या र्सवथा असान्दर्भिक छ ।
अर्का प्राध्यापक भट्टर्राईका लेख र पुस्तकमा त्यो बुझाइको अंश त झन् शून्यप्रायः छ । सतही रूपमा बुझेको विषयमा एउटा पुस्तकै लेखिदिनु विषय र पाठक दुवैमाथिको घोर अन्याय हो । अहिले साहित्यकर्मीहरूबाट उठाइएको एउटा प्रश्न हो- के नेपालका सर्न्दर्भमा उत्तर- आधुनिकतामाथिको बहस आवश्यक छ - 'छ'- यो पंक्तिकारको राय हो । यही रायको सेरोफेरोमा, कसैमाथि टिप्पणी वा प्रतिटिप्पणी गर्नुभन्दा पनि यस लेखले उत्तर-आधुनिकलाई बुझ्ने एउटा दृष्टि पस्कने कोसिस गरेको छ ।
वामपन्थी झुकाव भएका लेखकबाट उत्तर-आधुनिकतालाई पश्चिमा नक्कल वा नवसाम्राज्यवादको प्रभावका रूपमा बुझिएका सर्न्दर्भमा विषयवस्तुको थप प्रस्ट्याई आवश्यक छ भन्ने लागेको छ । निश्चय नै यो एउटै लेख त्यति ठूलो उद्देश्य प्राप्त गर्न पर्याप्त हु“दैन । तर यसले विषयवस्तुमाथिको बहसलाई ठीक सर्न्दर्भ र अर्थतर्फनिर्देशित गर्न सहयोग गर्ला भन्ने अपेक्षा छ ।
उत्तर-आधुनिकतामाथिको बहसले प्रारम्भमै लगत बाटो पक्रिनुको कारण यसलाई अधुनिकतावादपछिको तर यस्तै एउटा वाद वा सिद्धान्तको रूपमा चित्रण र व्याख्या गरिनु हो । सरल रूपमा बुझ्दा उत्तर-आधुनिकता कुनै वाद वा सिद्धान्तको चस्मा नलगाई संसार जस्तो छ, त्यस्तै देख्ने, भोग्ने र लेख्ने प्रक्रियाको सुरुवात हो । यो अर्को एउटा सिद्धान्त, शैली, सूत्र वा अनुशासन पट्टक्कै होइन ।
आधुनिकतावादले संसारलाई समानीकरण -होमोजिनाइजेसन) को एउटै सिरक ओढाउन खोज्यो । राजनीतिमा समाजवाद, पु“जीवाद, मार्क्सवाद वा प्रजातन्त्र जे भने पनि संसारभर आफूले प्रिय ठानेको सिद्धान्तले संसार जित्नर्ुपर्छ भन्ने मान्यता राख्यो । केही विकसित देशले अवलम्बन गरेको बाटो प्रक्रिया र सूत्रको अन्धानुकरण नै आर्थिक विकासको निर्विकल्प पक्ष ठानियो । संसारको औपचारिक पोसाक टाइसुट भयो। संसारका मानिसहरू एकनासे कंक्रिट महलमा बसेर ब्लगमा आफ्ना रचना अपलोड गर्ने भए ।
यो समानीकरणको उहापोहमा मान्छेको आस्तित्व, चाहना, पहिचान र प्राथमिकता चाहि“ के भयो - हो, यही प्रश्नको उत्तर खोज्ने प्रयास हो, उत्तर-आधुनिकतामाथिको बहस । त्यसो भनेको चाहि के हो - यसलाई हाम्रै सर्न्दर्भका उदाहरणबाट बुझ्नु बढी सान्दर्भिक हुनेछ । यसका लागि माथि उल्लेख गरिएका चार प्रमुख विषय राजनीति, आर्थिक विकास, संस्कृति र कला-साहित्य सिर्जना सउदाहरण तर संक्षेपमा टिपोट लेख्नु उपयुक्त हुनेछ ।
नेपाल दु्रतगतिमा राजनीतिक परिवर्तन व्यहोरिरहेछ । कम्युनिष्टले चुनाव लडेर जिते । राजा खुरुक्क दरबार छाडेर गए, तर देश छोडेर भागेनन्। के अब नेपालमा साम्यवाद वा समाजवाद आउ“दैछ - छैन । उदारीकरण, पु“जीबाट वा निजीकरणले कुनै एउटा प्रक्रियाबाट मात्रै अब राष्ट्र सञ्चालित हुन्छ - त्यस्तो पनि देखि“दैन । त्यसो भए के त - फेरि प्रश्न उठ्छ - उत्तर सरल छ, नेपाल आफ्नै विशिष्ट प्रक्रिया, कार्यशैली र भू-राजनीतिक अवस्थाअनुसार अगाडि बढ्दैछ । यसले आफ्नो मौलिक राजनीतिको निर्माण गर्दैछ । कुनै वाद वा राजनीतिक विचारधाराको अन्धानुकरणले मात्र समस्याको समाधान निकालिरहेको छैन । वास्तविकता कुनै पनि देश वा प्रान्तको इतिहास निर्माणको प्रक्रिया यस्तै विशिष्ट हुन्छ । त्यसको प्रतिलिपि उतार गरेर अन्त शतप्रतिशत, जस्ताको तस्तै लागू गर्न सकि“दैन । कुनै राजनीतिक सिद्धान्त त्यसो गर्न अझसम्म सक्षम भएको छैन र त्यो सम्भावना पनि देखि“दैन । सारमा राजनीतिबारे उत्तर-आधुनिक बुझाई यति नै हो ।
त्यस्तै आर्थिक विकासबारे यति धेरै सिद्धान्त र अवधारणा आए पनि गरिबी, असमानता र सम्पत्तिका कारण सिर्जिने द्वन्द्व यथावत छन् । विकास प्रयास सफल भएका छैनन् । कारण प्रस्टै छन्, हाम्रा विकासका योजना अरू कसैले बनाउ“छ । हामीले चिनेको बिरुवा, जानेको सीप वा उत्पादनको कुनै कदर यस्तो विकास प्रक्रियामा छैन । उत्तर-अधुनिक आर्थिक विकासका दृष्टिमा यो गलत हो । यसले भन्छ- विकास त गरौं, तर स्थानीय सबलता- स्रोत, सीप र संस्कारको पनि उपयोग गरेर । प्रमुख सकारात्मक पक्ष विकासको फल उपयोग गर्ने मानिसको विकास प्रक्रियामा सम्पन्न सहभागिता यसको हो । अर्को शब्दमा हरेक क्षेत्र र समुदाय विशेषको आवश्यकता, प्राथमिकता, ज्ञान, सीप र स्रोतको उपलब्धताको अवस्था फरक छ । ती फरकको पहिचान गरेर, त्यसलाई सम्मान र उपयोग गरेरमात्र विकास सम्भव छ ।
अहिलेको बहसको केन्द्रविन्दुमा रहेको कला-साहित्य सिर्जनामा उत्तर-आधुनिकताको प्रसंग अझ रोचक छ । कुरा प्रश्नबाट सुरु गरौं । अंग्रेजीका गुरु संजीव उप्रेतीको लेखनीको प्राथमिकतामा एउटा राम्रो अंग्रेजी उपन्यास नपरेर 'घनचक्कर' किन पर्‍यो - अमेरिकामा बसेर अंग्रेजीमा लेख्ने सम्राट उपाध्यायलाई 'काठमाडौं'कै 'गड'लाई नै किन 'अरेष्ट' गर्नुपर्‍यो - मुर्म्बईमा बसेर चित्रकारिता गर्ने लक्ष्मण श्रेष्ठका आधुनिक पेन्टिङमा हिमाल स्थायी विम्ब किन हुन्छ - झुम्पा लाहिरीको आख्यानमा किन हिन्दू पात्रहरूको बहुलता छ - अथवा साहित्यमा नोबेल पुस्कारसम्म जितिसकेपछि भीएस नइपाललाई आफ्नो थरको उत्पत्तिबारे बयान र्सार्वजनिक गर्न किन जरुरी पर्‍यो –
यी वास्तविकताले केही नौला सत्यलाई उजागर गर्छन् । पहिलो, भोगाई वा आत्मानुभूति विनाको सिर्जना हुन सक्दैन । अनुभव र अनुभूति -वास्तविक र स्वप्निल दुवै) परिवेश सापेक्ष छन् । तर्सथ कला र सिर्जना सीमातीत क्षितिजमा कावा खानु होइन । यो बरु वास्तविकताको परावर्तन दिने दर्पणलाई सकेजति फराकिलो पार्नुमात्रै हो । दोस्रो, र्सजक र ग्राहक -पाठक, दर्शक वा उपयोगकर्ता) बीच विद्यमान सौर्न्दर्यचेतको स्तर नै सिर्जनाको मापदण्ड हो । त्यसमा कुनै ठूला सिद्धान्त, वाद वा महाआख्यानको आवश्यकता छैन । आम ग्राहकको चेतनास्तर नै निर्ण्र्ााारी हुन्छ, र्सजकले केवल एक तहमाथि उचालेर त्यसको चित्रण/वर्ण्र्ाागर्छ । उदाहरणका लागि, आइन्स्टाइनका वैज्ञानिक सिद्धान्तका सूत्रहरूलाई कवितामार्फ बुझाउने कोसिस अहिलेसम्म कुनै साहित्यकारले नगर्नुको कारण पनि सायद यही हो ।
अन्त्यमा, उत्तर-आधुनिकताको यति सरल बुझाइलाई किन बेतुकको बनाइ“दैछ भन्ने पक्षमा प्रवेश गर्नु जरुरी छ । पहिलो कारण हो- आधुनिकता र आधुनिकतावाद दुवैले सिर्जना गरेको अत्यास । धेरै मानिसको मस्तिष्कमा जसरी आधुनिकताले भूगोलका भिन्न-भिन्न टुक्रामा रहेका मानिसको बौद्धिक, सामाजिक र भाषिक लगायतका स्वतन्त्र अस्तित्व र पहिचानलाई एकरूपीकरणको यन्त्रमा पेल्ने काम गर्‍यो, अझ 'झनै आधुनिकता' वा उत्तर-आधुनिकताले के मात्रै नगर्ला भन्ने भयले बास गरेको छ । कतिपय मार्क्सवादी चिन्तकलाई पश्चिमतिरबाट आएपछि यो पक्कै साम्राज्यवादको थप हतियार हुनर्ुपर्छ भन्ने पनि लागेको छ । कतिपय सिद्धान्त र अनुशासनप्रेमीहरूलाईर् इश्वरको मृत्युको घोषणा गर्ने नित्से, सबै विचार गरिसके भन्ने फुकुयामा वा विनिर्माणको वकालतकर्ता ड्यारिडाको मात्र अनुयायी पैदा भए भने संसार कति अराजक होला भन्ने पनि लागेको होला ।
समग्रमा विकासशील आर्थिक, सामाजिक, सांस्कृतिक परिवेशका लागि उत्तर-आधुनिकताको अवधारणा सहयोगी छ । निश्चय नै हो, यसका केही नकारात्मक पाटा छन् नै । तर पहिले यसलाई गलत ढंगले बुझ्ने र बुझाउने क्रम रोकिएर सिङ्गो छलफल र बहस ठीक दिशातर्फउन्मुख हुनुपर्‍यो । आशा गरौं, सानो आलेखले त्यस अभियानमा एउटा इटा थपोस् ।

No comments:

Post a Comment