ब्लगबारे

वर्तमान समय विन्डोको समय भए पनि यस ब्लगको नाम वातायन छ, कारण यसले झ्यालबाट देखिने जति दृश्य नदेखिए पनि, झ्यालमा भए जति सामग्री नभए पनि झ्याल बन्द गरेका बेला धेरै उकुसमुकुस भएमा वातायन खोलेर केही आरामको सास फेर्न सकिन्छ होला भन्ने ध्येय बोकेको छ ।
समकालीन साहित्यमा चलिरेहेका नवीन सिर्जना, समीक्षा र वादहरू समेट्ने सानो प्रयास छ यसमा ।

Thursday, February 10, 2011

उत्तरआधुनिकतावाद : एक चर्चा

उत्तरआधुनिकतावाद : एक चर्चा
नगेन्द्र बहादुर भण्डारी
पृष्ठभूमि :
उत्तरआधुनिकतावाद (Postmodernism) को सर्वप्रथम प्रयोग ब्रिटिस इतिहासकार आर्नाेल्ड टोयोन्वि (Arnold Toynbee)ले आफ्नो पुस्तक इतिहासको एक अध्ययन (A Study of History) मा सन् 1947 मा प्रयोग गरेका छन् । उत्तरआधुनिकतावाद समय कालखण्ड वा प्रवृत्ति तथा यसको उत्पत्तिका सम्बन्धमा विभिन्न धारणाहरु पाइन्छन् । प्रथम विश्वयुद्ध पश्चात् आधुनिकतावाद र दोस्रो विश्वयुद्ध पश्चात् उत्तरआधुनिकतावादको विकास भएको भन्ने मान्यता पनि पाइन्छ । विशेषतः १९६० को दशक र त्यस पश्चात् यसको प्रभाव र प्रयोग मानव जीवन र समाजका विभिन्न क्षेत्रहरु जस्तै कला साहित्य, वास्तुकला, संगीत, फेसन, सिनेमा, मानवशास्त्र, समाजशास्त्र, राजनीति इत्यादिमा व्यापक रुपमा देखिन पुगेको छ । दोस्रो विश्वयुद्ध पश्चात्को खास गरी युरोपेली र अमेरिकाली परिवर्तित परिवेश–युद्धमा भएको भयङ्कर मानव विनाश, नागासाकी र हिरोसीमाको त्रासद् अनुभूति, नाजीदमन तथा मानव संहार, चर्किदो शीतयुद्ध, आर्थिक संकट, आणविक विनाशको खतरा, जातीय, क्षत्रीय, लैगिंक विभेद र खाडल, सांस्कृतिक विनाश, मूल्य मान्यताहरुको विघटन, जटिल जीवन शैली आदिको कारणले मानिसहरुको सोचाइमा आएको परिवर्तन उत्तरआधुनिकतावादको विकासमा उर्वरभूमि बन्न पुग्यो ।
दार्शनिक रुपमा उत्तरआधुनिकतावाद प्रबोधन काल (Enlightenment Age) ले गरेका केही दावीहरुको प्रतिक्रिया स्वरुप आएको पाइन्छ। Enlightenment सत्रौं शताब्दीमा सुरु भई अठारौं शताब्दीमा उत्कर्षमा पुगेको एक सांस्कृतिक र वौद्धिक आन्दोलन हो । यसको केन्द्र पश्चिम युरोप रहेको थियो । मानव जीवनका हरेक समस्याहरुको समाधानमा वैज्ञानिक तर्कमा विश्वास, अन्धविश्वास, (Superistition) पूर्वाग्रह (Prejudice) र जङ्गलीपन (Barbarity) बाट सृजित अँध्यारोपनको तर्कद्वारा अन्त्य र अपरिक्षित (Unexamined) परम्परा र शक्तिकेन्द्र (Authority) मा पर्ने निर्भरता तर्कद्वारा अन्त्य गर्दै सर्वव्यापक शान्ति, समवृद्धि र खुसी (Universil pace, Prograsse and happiness) को सृजना गर्न सकिन्छ भन्ने Enlightement को प्रमुख विशेषता रहेको कुरा M.H.Abrams ले व्यक्त गरेका छन् (The Common element was a trust in human reason as adequate to solve the crucial problems… together with the belief that the application of reason was rapidly dissipating the darkness of superstition, prejudice and barbarity, was freeing humanity from its earlier reliance on mere authority and unexamined tradition and had opened the prospect of progress toward a life in this world of universal peace and happiness.)
Jean Flax ले Enlightenment का विशेषताहरु निम्नलिखित नौ बुंदाहरुमा व्यक्त गरेका छन् ः
1. There is a stable, coherent, Knowable self. The self is conscious, rational, autonomous, and universal – no physical condition or differences substantially affect how this self operates.
(एक स्थिर बोधगम्य, एकबद्ध, चेतन, विवेकशील र स्वायत्त कभाि०
2.This self knows itself and the world throught reason or rationality. (आपूm स्वयम् र यो संसारलाई उक्त कभाि ले तर्क र विवेकशीलताले जान्दछ ।)
3. The mode of knowing produced by the objective rational self is science which can provide universal truth about the world, regardless of the individual status of the knower.(वस्तुगत विवेकशील कभाि ले प्राप्त गर्ने ज्ञान नै विज्ञान हो । यसले विश्वव्यापी सत्य पत्ता लगाउछ ।)
4. The knowledge produced by the science is truth and is the eternal.( विज्ञानले प्राप्त गरेको ज्ञान नै सत्य र अनन्त हुन्छ ।)
5. The knowledge/ truth produced by science will always lead toward progress and perfection. All human institutions and practices can be analyzed by science and improved. (विज्ञानद्वारा प्राप्त गरिएको ज्ञानले सधंै प्रगति र पूर्णतातर्फ डो¥याउँछ ।०
6. Reason is the ultimate judge of what is true, and therefore of what is right and what is good. (तर्कले सत्यको निर्णय गर्न सकिन्छ र त्यो नै ठीक र राम्रो हुन्छ ।०
7. In the world governed by reason, the true will always be the same as the good and right (तर्कले शासन गरेको संसारमा सत्य भन्नु नै राम्रो र ठीक हो ।
8. Science thus stands as the paradigm for any and all socially useful forms of knowledge. (विज्ञानले नै सम्पूर्ण सामाजिक रुपमा उपयोगी ज्ञानको निर्धारण गर्दछ ।०
9. Language, which is used in producing and disseminating knowledge, must be rational. To be rational, language must be transparent. There must be firm and objective connection between the objects of perception and the words used to name them. (between signifier and signified. (ज्ञान उत्पादन र वितरण गर्ने भाषा विवेकशील, पारदर्शी र यसका संकेत र अर्थ बिच वस्तुगत ठोस सम्बन्ध हुन्छ ।)
यी माथि उल्लेखित Enlightenment का विशेषताहरुको खण्डन गर्दै उत्तरआधुनिकतावादी दार्शनिक जन फ्रान्कोस लियोटार्ड (Jean Francois Lyotard) र जन बड्रिलार्ड Jean Baudrillard) ले उत्तरआधुनिकतावादका विशेषताहरु प्रस्तुत गरेका छन् ।
आधुनिकतावाद र उत्तरआधुनिकतावाद
आधुनिकतावाद र उत्तरआधुनिकतावादका अन्तर सम्बन्धका बारेमा निम्नलिखित मतहरु पाइन्छन् ः
१. उत्तरआधुनिकतावाद आधुनिकतावादको विरोधमा आएको प्रवृत्ति हो । यसले आधुनिकतावादलाई समाप्त पारेको छ ।
२. यो आधुनिकतावादबाट विकास भएको हो । यो आधुनिकतावाद कै विस्तार र निरन्तरताको कडी हो ।
३. यो केही मात्रामा आधुनिकतावाद हो र केही मात्रामा नयाँ प्रवृत्ति हो । यसमा कतिपय आधुनिकतावादका धारणाले स्थान पाएका छन् भने कतिपय नयाँ धारणाहरु समावेश हुन आएका छन् ।
यी भनाइहरुका सन्र्दभमा कुनै निष्कर्ष निकाल्नु अगाडि आधुनिकतावादका बारेमा केही चर्चा गर्नु सान्दर्भिक हुन्छ । विशेषतः प्रथम विश्वयुद्ध पश्चात् साहित्य र कलाका क्षेत्रमा देखिएको नवीन एवंम् प्रयोगात्मक शैली र प्रवृत्तिलाई आधुनितावाद भनिन्छ । टि.एस.इलियट (T.S. Eliot), जेम्स जोयस (James Joyce), भर्जिनिय उल्फ (Virginia Woolf) र एज्रा पाउण्ड (Ezra Pound) साहित्यका, आनोल्ड स्चोनवर्ग (Arnold Schoenberg) र एन्टोन वयबर (Anton Weber) संगीतका र पाब्लो पिकासो (Pablo Picasso) कलाका केही आधुनिकतावादका हस्तीहरु हुन् । साहित्यका सन्दर्भमा पिटर ब्यारी (Peter Barry) ले आधुनिकतावादको निम्न लिखित विशेषताहरु उल्लेख गरेका छन् ः
१. A new emphasis on impressionism and subjectivity that is on how we see rather on what we see (प्रभाव र आत्मगत कुराहरुमा बढी महत्व)
२. A blurring of distinctions between genres, so that novels tends to become lyrical and poetic for instance, and poems more documentary and prose like. (विधागत भिन्नताहरुको अन्त्य)
३. A new liking for fragmented forms, discontinuous narratives, random seeming collages of different materials . (विघटित स्वरुप, अनिरन्तर कथानक, असम्बन्धित विविध वस्तुहरुको संग्रह प्रति चाहना)
४. A movement (in novels) away from the apparent objectively provided by omniscient exterinal narration, fixed narrative point of view, and clear cut moral positions. विशेषत उपन्यासमा तृतीय पुरुष दृष्टिविन्दु, निश्चित कथानक र स्पष्ट नैतिक स्थानबाट प्रस्तुति भन्दा पर जाने आन्दोलन ।०
५. A tendency toward reflexivity, so that poems, plays, and novels raise isuues concerning their own nature, status and role. परावर्तिता reflexivity)
उत्तरआधुनिकतावादमा आधुनिकतावादमा जस्तै माथि उल्लेखित विशेषताहरु पाइन्छन् । यसले विधागत भिन्नता, र उच्च र निम्न कला स्वरुपलाई अस्वीकार गर्छ । यसरी नै उत्तरआधुनिक कलामा परावर्तितता, अनिरन्तरता र टुक्रापन (fragmentation and discountinuity) र विघटित, विकेन्द्रित गैर– मानवकृत कर्ता (destructured, decentered, dehumanized subject) पाइन्छ । यसर्थ चिन्तकहरु जस्तै जर्गन हेभरमास (Jurgen Habermas) र एलेक्स कालिनिकस (Alex Callinicas) ले उत्तरआधुनिकतावाद र आधुनिकतावादका केही विषेशताहरुमा समानता रहेको विचार व्यक्त गरेका छन् । तर यस्ता विशेषताहरुमा राख्ने धारणामा आधुनिकतावाद र उत्तरआधुनिकतावाद बिच भिन्नता रहेको पाइन्छ । विघटन र खण्डीकरण प्रति आधुनिकतावाद दुःख व्यक्त गर्दै पश्चताप प्रकट गर्दछ । तर उत्तरआधुनिकतावाद यस प्रति कुनै खेद, पश्चाताप वा दुःख व्यक्त गर्दैन । जीवन र जगत्को वास्तविकता नै यस्तै छ र यी विशेषताहरुमा रमाउँछ । यस सन्र्दभमा टोड जिटलिन (Todd Gitlin) ले भन्छन् : “आधुनिकतावादले टुक्राहरु पा¥यो र उत्तर आधुनिकतावाले यि टुक्राहरुको मजा लिइरहेको छू । (Modernism tore up unity and Post modernism has been enjoying the shreds)
क्रिस स्निप वलम्सली (Chris Snipp walmsley) ले धुनिकतावाद/आधुनिकता र उत्तरआधुनितावाद / उत्तरआधुनिकताको कला, संस्कृति, अभ्यास र समाजका भिन्नता यसरी प्रस्तुत गरेका छन् :

आधुनिकता/आधुनिकतावाद
– १९ आंै शताब्दीको अन्त्य र बिसौं शताब्दीको सुरुमा
– जमिन्दारको अन्त्य र नयाँ उद्योगपतिको उदय
– धर्मको समाजमाथिको पकडको अन्त्य / धर्मलाई Enlightment को अवधाराणाले विस्तापित
– औद्योगीकरणले शहरीकरणको वृद्धि, साना घरेलु उद्योगको पतन
– कुनै समुदाय अन्तर्गत आपूmलाई पाउने (Sense of belongings) को अन्त्य, शहर र अज्ञात भीडमा व्यक्तिको विलय, सामाजिक सम्बन्ध र व्यवहारको क्षयीकरण
– एकांकीपन (Alenation)
– ध्वनि, सूचना, जोखिमहरुको वर्षा (Boambardment of noise, information and hazard)
– उद्देश्य र निरन्तरताको छिन्नभिन्नता
– साहित्यमा प्रयोग, नयाँपन, विधामिश्रण, न्यूनवाद, (Minimalism), सर्वज्ञात दृष्टिविन्दु (Omniscient narrator) को अस्वीकृति
– यथार्थवादको अस्वीकृति
– विच्छेदन र विखण्डित अवस्थाप्रति पीडाबोध र पश्चाताप
– सत्य र सुन्दरताको खोज कलामा
उत्तरआधुनिकता / उत्तरआधुनिकतावाद
– दोस्रो विश्वयुद्ध पश्चात्
– सूचना र सञ्चार प्रविधिहरुको क्रान्ति
– उपभोक्तावादी पूँजीवाद
– औद्योगिक युगबाट सूचनाको युगमा परिवर्तनको संक्रमणकाल
– भू–भागको लागि लडाइको अन्त्य
– गतिकेन्द्रित राजनीतिको उदय (हतियार सूचना र यातयात आदिको गतिमा प्रतिस्पर्धा
– अविभाजित, ठोस Self सम्बन्धि धारणाको अस्वीकृति
– Enlightenment का धारणाहरुको अस्वीकृति
– विखण्डित र विश्रृङ्खलित अवस्थाप्रति उत्सव
– विश्वास र सत्यको खोजी एक भ्रम
– सतह र गहिराइ सम्बन्धीत धारणा अस्वीकार
– केवल सतह मात्र
– Irony, Parody, Pastiche (अनुकृति) को अभ्यास
– साहित्य र कलामा आफ्नो सृजना प्रक्रिया र संरचनाप्रति संकेत
– कला (Art) र प्रसिद्ध संस्कृति (Pop culture) को विभेदको अन्त्य
– पूर्वनिर्धारित लक्ष्य, लयबद्ध आख्यान (Linear Narratives) र निश्चित एक मात्र अर्थको अस्वीकृति
– लोकतान्त्रिक
– स्थापित शक्ति केन्द्रप्रति चुनौती, माहाआख्यान प्रति अविश्वास
– विशिष्ट वर्ग विरोधी (Antielitist)
‘उत्तर’ उपसर्गले उत्तरआधुनिकतावाद आधुनिकवाद पश्चात्को समय कालखण्डमा आएको वाद जनाएता पनि धेरै विचारकहरु यी दुई विचारको सम्बन्ध समय क्रमवद्धता (chronology) मा बुभ्mन नहुने धारण व्यक्त गर्दछन् । यिनीहरु बिचका भिन्नता टिम उडको (Tim Wood) विचारमा समय क्रमवद्धता भन्दा धारणा र प्रवृत्तिगत हो । (The difference between modernism and Post modernism is therefore best seen as a difference in mood or attitude, rather that a chronological difference, or a different set of aesthetic practices.) (9)
उत्तरआधुनिकतावाद सम्बधित केही दार्शनिक अवधारणाहरु र ऐतिहासिक घटनाः
१. माहाखाख्यानको अन्त्य – ल्योटार्ड (End of Grand narratives -lyotard)
जन फ्रान्कोस लियोटार्ड (Jean Francois Lyolard) (1926-1998) एक फ्रान्सेली दार्शनिक हुन् । उत्तरआधुनिकतावाद क्षेत्रमा उनलाई एक अग्रणी दार्शनिक मानिन्छ । सन् १९७९ मा क्यानडा सरकारले उनलाई अतिविकसित पूँजीवादी समाजमा ज्ञान, विज्ञान र प्रविधिको स्थिति बारेमा एक प्रतिवेदन तयार पार्न जिम्मा दियो यी विषयहरुमा अध्ययन गरेर उनले The Postmodern condition: A Report on Knowledge प्रस्तुत गरे । जुन उत्तरआधुनिकतावाद क्षेत्रमा महत्वपूर्ण कृतिको रुपमा ग्रहण गरिन्छ । आजसम्मको मानव सभ्यताको इतिहास माहाआख्यान, जुन सामाजिक बन्धनलाई विज्ञान र ज्ञानको आधारमा वैधता दिने प्रयास गर्दछ, मा आधारित छ । उनले उत्तरआधुनिक युग माहाआख्यानप्रति विश्वास अन्त्य भएको युगका रुपमा चित्रित गरेका छन् । माहाआख्यान कुनै संस्कृतिले आफ्नो विश्वास र अभ्यास बारेमा व्यक्त गरेको कथा हो । यो एक सिद्धान्त हो जो आफ्नो बारेमा व्याख्या गर्छ (Grandnarratives are the stories that a culture tells itself about its beliefs and practices. Grand narratives are a kind of meta theory or meta ideology; which is an ideology that explains an ideology) अमेरिकी सन्र्दभमा माहाआख्यान प्रजातन्त्र (Democracy) सबैभन्दा विवेक सम्मत् शासन प्रणाली हो । यसले सर्वव्यापक खुसीमा पु¥याउन सक्छ । (Democracy is the most rational form of government and that it can and will lead to universal happiness.)माक्र्सवादीहरुको माहाआख्यान, पूँजीवादी व्यवस्थाको पतन हुन्छ र समाजवादी (साम्यावादी) व्यवस्थाको उदय हुन्छ । (Capitalism will collapse and a socialist world will evolve) उत्तरआधुनिकतावाद यस्ता माहाआख्यानलाई अस्वीकार र अविश्वास गर्दछ । मानव समाजको अन्तिम र सम्पूर्ण व्याख्या र सत्य पत्ता लगाउन कुनै पनि एक यस्ता महाआख्यानहरु सक्षम मात्र छैनन् असम्भव पनि छ । मानव समाज विकास क्रममा जीवन, जगत् र समाज विकासक्रमलाई व्याख्या गर्ने सन्र्दभमा जेजस्ता माहाआख्यानहरु विकास गरिए ती केवल एक भ्रमपूर्ण प्रयास मात्र हुन् । यस्ता माहाआख्यानहरुले मानव समाजमा अन्र्तनिहित अन्तरविरोध, विरोधाभास अस्थिरता र अनिश्चिततालाई ढाक्ने प्रयास मात्र गर्दछ ।
उत्तरआधुनिकतावादले लघुआख्यान (Petites histories or mininarratives) पृष्ठपोषण गर्दछ । सानो अभ्यासहरु र स्थानीय घटनाहरुलाई तत्कालीन स्थान, समय र परिस्थिति अनुसार व्याख्या गर्ने लघुआख्यान हो यस्ता आख्यानहरु सबै परिस्थितिजन्य, सापेक्ष, अस्थायी हुन्छन् र सर्वव्यापकता, सत्य, तर्क, स्थायित्वको दावी गर्दैनन् । कुनै एक समय, परिस्थिति र अवस्थामा गरिएको व्याख्या अरु समय परिस्थिति र अवस्थामा लागु गर्न सकिदंैन भन्ने कुरामा ल्योर्टाड विश्वास गर्दछन् । यसरी बहुलता, विविधता, स्थानीयता, सापेक्षता, संयोग, आकस्मिकता, विकेन्द्रितता अनिश्चयता उत्तरआधुनिकतावादका विशेषताका रुपमा प्रस्तुत गरेका छन् । यसरी उनले Enlightenment ले दावी गरेको तर्क र विज्ञानको सार्वभौमता र सम्पूर्णता र मानविय स्वको स्थायित्वलाई खण्डन गरेका छन् ।
२. यथार्थको छलन (Loss of Real) – बड्रिलार्ड (Baudrillard)
दार्शनिक जन बड्रिलार्डको पुस्तकमा Simulation (1981) ले यथार्थको छलन (loss of Real) धारणा व्यक्त भएको छ । चलचित्र र टेलिभिजन, विज्ञापनहरुमा प्रस्तुत हुने विभिन्न दृष्य, विम्व, प्रतिकहरुको प्रभावले गर्दा आजको युगमा वास्तविकता र काल्पनिक, यथार्थ र भ्रम र सतह र गहिराइ विचको भिन्नता गुमेको छ । परिणम स्वरुप अधियथार्थ (hyperreality) संस्कृतिको विकास भएको छ । अधियथार्थमा सतह र गहिराइ, वास्तविकता र काल्पनिकता, र यथार्थ र भ्रम बिचको भिन्नताको अन्त्य हुन्छ । अतीतमा संकेत (Sign) ले लुकेको वास्तविकता (underlying reality) लाई जनाउँथ्यो तर आजको युगमा एक संकेतले केवल अर्को संकेललाई मात्र जनाउँदछ । यसर्थ सम्पूर्ण प्रणाली सिमुलाक्रम (Simulacrum)भएको छ । कसरी संकेतहरु वास्तविकतालाई परावर्तन गर्ने क्रममा टाढिँदै गइरहेको छन् भनी बड्रिलार्डले संकेतका चार ऐतिहासिक परिवर्तनका चरणहरुमा देखाएका छन् ः
१. The Signs Reflect basic reality. (classical realist text) (संकेतले आधारभूत वास्तविकतालाई परावर्तन)
२. The Sign misrepresent or distort the reality. (संकेतले बङ्ग्याएर वास्तविकताको प्रस्तुत)
३. The Sign marks the absence of basic reality. (संकेतले वास्तविकताको अनुपस्थितिलाई ढाक्यो ।)
४. The Sign bears no realtion to any reality at all, pure simulacrum. (संकेतले वास्तविकतासँग कुनै सम्बन्ध राख्दैन ।०
बड्रीलार्ड भन्छन्, आज हामी उत्पादनको युगबाट simulation को युगमा प्रवेश गरेका छौं, जहाँ वस्तु उत्पादन गरेर बेचिदैन तिनीहरुको उत्पादन भन्दा पहिले नै विक्री भइसकेका हुन्छन् । विभिन्न विज्ञापनको माध्यामद्धारा वस्तुप्रति मानिसको इच्छा जागृत गरिन्छ र ती इच्छा पूर्ति गर्नका लागि वस्तुहरु उत्पादन गरिन्छ । हामी यस्तो युगमा प्रवेश गरिसकेका छौं यसबाट फर्कने सम्भावना नै छैन । हाम्रा सबै क्रियाकलाप र प्रतिक्रियाहरु सञ्चार माध्यमका मार्फत पूर्वनिर्धारित (Pre-coded) भइसकेका छन् । उदाहरणका लागि सामान्य यौन इच्छा एक व्यक्तिले अर्को व्यक्तिसँग भेटघाट तथा सम्पर्क र सम्बन्धमा उत्पन्न हुने प्रतिक्रिया नभएर सञ्चार माध्यमले हामीलाई अभ्यस्त (Conditioned) गरेको सुन्दरता र आकर्षणको प्रतिक्रियाको स्वरुपमा हुन्छ । अर्थात् हाम्रा वैयक्तिक रुची, प्रतिक्रिया, इच्छा र चाहानाहरु सञ्चार माध्यामबाट निर्देशित र निर्धारित हुन्छन् । हामी हाम्रो रुप ९शारीरिक संरचना० र व्यक्तित्व पनि सञ्चार माध्यामले पस्केको सुन्दरताको मापदण्ड अनुरुप बनाउने प्रयास गर्दछौं । सञ्चार निर्देशित अभ्यस्तताका कारण हाम्रा सामाजिक भूमिकाहरु पुर्वनिर्धारित भइसकेको र वास्तविक वैयक्तिक प्रतिक्रिया भन्दा सञ्चार निर्देशित प्रस्तुती महत्वपूर्ण हुन्छ ।
३. ज्ञान र सुचना (Knowledge and information)
उत्तरआधुनिकता वादले ज्ञानको संरचना सम्बन्धमा पनि चासो राख्दछ । आधुनिक समाजमा ज्ञानलाई विज्ञानसँग जोडर हेरिन्थ्यो। कुनै पनि विषय वस्तु, क्षेत्र, विधा इत्यादिमा जानकारी हासिल गर्नुलाई ज्ञान प्राप्त गर्नु भनिन्थ्यो तर उत्तरआधुनिकतावादले ज्ञानलाई यसको उपयोगिता र प्रयोगसँग जोडर हेर्दछ । मानिसले ज्ञान जान्नका लागि होइन प्रयोग गर्नका लागि हुनुपर्दछ भन्ने मान्यता उत्तरआधुनिकतावादमा पाइन्छ । यसर्थ आजभोली शिपमुलक शिक्षामा बढी जोड दिएको पाइन्छ । यसका अतिरिक्त यसले ज्ञानको बजारीकरणमा जोड दिन्छ ।
४. ज्याक डेरिडा (Jacques Derrida) M विनिर्माणवाद
१९६० को दशकमा डेरिडाले भाषा, प्रचलित दार्शनिक मान्यताहरु, मानव परिचय र अस्तित्व र समाजलाई आलोचनात्मक दृष्टिकोणबाट विश्लेषण गर्दै यिनीहरुमा अन्तरनिहित विरोधाभास र अस्थिरताको उजागर गर्ने विश्लेषणात्मक पद्धतीको विकास गरे । उक्त पद्धतिलाई विनिर्माणत्मक (Deconstructionist) पद्धती भनिन्छ । उनका केही दृष्टिकोणहरु, जसले उत्तरआधुनिकताबाट लाई बुभ्mन सहयोग गर्छन्, लाई यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।
१. भाषा एक Signifiers को खेल हो । यसले अर्थलाई निरन्तर रुपमा स्थगित गर्दछ
२. भाषाले उत्पादन गरे जस्तो देखिने अर्थ भिन्नताको परिणाम हो ।
३. भाषा विचारधारात्मक (Ideological) हुन्छ । यसमा तत्कालीन समयका प्रचलित मुल्य मान्यता विश्वास प्रणाली, संस्कृति र विचारधारहरुको गहिरो प्रभाव पाइन्छ ।
४. सामान्यतया, हाम्रा ज्ञान, अनुभव र अनुभुतिलाई ग्रहण गर्दा दुई भंजित विरोध (binary opposition) जस्तै पुरुष–महिला, वस्तुगत–आत्मगत, अग्रगामी–प्रतिगामी आदिका आधारमा बुभ्mछौ । परम्परागत रुपमा यी जोडीहरुलाई एक अर्काको विरोधको रुपमा प्रस्तुत गर्दै एकलाई राम्रो वा उपल्लो र दोस्रोलाई नराम्रो वा तल्लो दर्जा दिइन्छ । डेरिडाको विचारमा तत्कालीन समाजको शासकीय विचारधारा अनुसार नै यिनीहरुलाई श्रेणीकृत गरिन्छ र ती जोडीहरु वास्तवमा एक अर्काका विरोधी पनि हुदैनन् । उनीहरु बिचको समान र साझा पक्ष पनि पाइन्छ । तसर्थ उक्त विभाजन विरोधाभासपूर्ण छ ।
५. आज सम्मका सबै जीवन र जगत्लाई व्याख्या र विश्लेष्ण गर्ने दार्शनिक अवधारणाहरु एक ठोस ुआधार सिद्धान्तु (Grounding Principle) मा आधारित छन् । यस्ता दार्शनिक अवधारणालाई डेरिडा चिन्ह केन्द्रीत (Logocetric) भन्छन् । ती आधार सिद्धान्तलाई केन्द्रमा राखेर अन्य सबै कुराहरुको व्याख्या र विश्लेषण गरिन्छ । हाम्रो जीवन जगत् र संस्कृति सबै गतिशिल छन् । यी गतिशिलतालाई यिनै सिद्धान्तको आधारमा व्याख्या गरिन्छ तर ती सिद्धान्तलाई भने अपरिवर्तनशिल मानिन्छ तर डेरिडा यी सबै सिद्धान्तहरु मानव दिमागका उपज अवधारणा हुन् भनि मान्छन् र सबै भाषा मार्फत नै सृजित भएका छन् । भाषा तरल अस्थिर र बहुअर्थि छ । तसर्थ ती सिद्धान्तहरु पनि अस्थिर, तरल र बहुअर्थि हुन्छन् । जीवन र जगतलाई बुभ्mने र व्याख्या गर्ने कुनै एक मात्र केन्द्र छैन ।
६. भाषाले नै हामीलाई निर्माण गर्दछ । यस भन्दा बाहिर निस्किन सम्भव छैन । हामी हाम्रो आफ्नो अस्तित्व वरिपरि परिवेश समाज संस्कृति र जगतलाई कसरी बुभ्mछौ भन्ने कुरा हामीले प्रयोग गर्ने भाषामा निर्भर हुन्छ तर भाषा अस्थिर र तरल मात्र होइन विभिन्न विचार धाराहरुले प्रतिष्पर्धा गर्ने क्षेत्र पनि हो । तसर्थ हाम्रो आफ्नै परिचय र अस्तित्व ठोस र अपरिवर्तनशिल नभएर तरल, अस्थिर, परिवर्तनशिल र विभिन्न विचारधाराहरुको प्रतिस्पर्धा गर्ने क्षेत्र हो । हामी कुनै पनि समय विभिन्न द्धन्द्धरत विचारधाराहरु, डर, आकांक्षा, इच्छा, चाहाना आदिद्वारा विभाजित (Fragmented) र बहुरुपी Multiple हुन्छौ ।
५. १९६८ को FRENCH विद्यार्थी आन्दोलन
फ्रेन्च बौद्धिक आन्दोलनमा १९६८ को विद्यार्थी आन्दोलन, जसमा पछि मजदुरको पनि संलग्नता रह्यो, एक महत्वपूर्ण ऐतिहासिक घटना हो । यसको अध्ययनले उत्तरआधुनिकतावादमा अन्तरनिहित निराशता Pessimism लाई बुभ्mन सहयोग गर्दछ ।
सुरुमा विद्यार्थी आन्दोलन अमेरिकी साम्राज्यवाद (American Imperialism) र दक्षिण अफ्रिकी जातिवादप्रति लक्षित थियो । केही अगुवाहरुले विपरित लिङ्गीय छात्रावासमा जान लगाइएको प्रतिवद्धप्रति पनि आवाज उठाइ रहेका थिए । केही हप्ता भित्रमा नै विद्यार्थीहरुले Sorbonne, फ्रेन्च शिक्षणको सांकेतिक केन्द्रलाई आफ्नो नियन्त्रणमा लिए । यद्यपि यसको सांकेतिक महत्व धेरै भए पनि तत्कालीन संस्थापन पक्षलाई ठूलो धक्का दिन सकेको थिएन । क्रमशः आन्दोलन बढ्ने क्रममा मजदुरहरुले पनि विद्यार्थी आन्दोलनमा एकवद्धता जनाउँदै आन्दोलनमा समाहित भए । मजदुरहरुको सहभागिताले देशमा ठुलो अराजकताको स्थिति सृजना भयो र अर्थतन्त्र पनि ठप्प भयो । राष्ट्रपति चाल्स डि गौले Charles De Gaulle भागेर जर्मन गए । आन्दोलनकारीहरुमा तत्कालीन आसावादी नाराहरु, Be realistic – Demand the impossible – Imagination rules ले सार्थकता पाएको आभास हुन थाल्यो तर फुटाउ र शासन गर नीति लिदै राष्ट्रपतिले कलकारखाना नियन्त्रणमा लिइ बसेका मजदुरहरुसँग मात्रै सम्झौता गरी विद्यार्थीहरुलाई दमन गरे । उक्त आन्दोलनमा विद्यार्थीहरुले पाएको धोका र दिग्भ्रम Disillusionment ले उत्तरआधुनिकतावादको निरासावादलाई आधारभुमि तयार ग¥यो । यसका अतिरित्त यदि केन्द्रीय शक्तिलाई पूर्णरुपमा चुनौती र प्रतिरोध गर्न सकिँदैन भने स्थानीय प्रतिरोधात्मक उपायहरु एक व्यवहारिक उपाय हुन सक्छ भन्ने मान्यता पनि स्थापित ग¥यो ।
उत्तरआधुनिकतावादका व्याख्याहरुः
उत्तरआधुनिकतावादले समग्रताको र परिभाषाको विरोध गर्छ तर पनि केही विचारकहरुले यसका विविध पक्षहरुमा प्रकाश पादै गरेका व्याख्या र विश्लेषणहरुलाई तल प्रस्तुत गरिएको छ ः
क) ‘‘उत्तरआधुनिकता आधुनिकताबाट विच्छेदन वा विभङ्ग हो । उत्तरआधुनिकतालाई बहुत्ववादी धारणा स्वीकारिन्छ र यसलाई अस्थिरता अनिश्चयात्मक र विनिर्माणसँग सम्बन्ध सम्वृत्ति मानिन्छ ।’’ – मोहनराज शर्मा (समकालिन समालोचनाः सिद्धान्त र प्रयोग, १७)
ख) ‘‘उत्तरआधुनिकतावादले वस्तुगत यथार्थमाथि विश्वास गदैन । यसले साहित्यलाई सामाजिक यथार्थको प्रतिविम्व हो भन्ने मान्दैन र साहित्यको समाज रुपान्तरणमा कुनै किसिमको भूमिका हुुन्छ भन्ने समेत स्वीकार्दैन । … विवाद रहित तथ्य के हो भने उत्तरआधुनिकतावाद नितान्त कला विरोधी र सौन्दर्य विरोधी धारा हो ।’’ – निनु चापागाई (उत्तरआधुनिकतावादः भ्रम र वास्तविकता, १२१)
ग) ‘‘उत्तरआधुनिकतावादको वैचारिक पक्ष र विकासको पृष्ठभूमि आपैmमा विविधतायुक्त छ । यसको चरित्र क्वाँटी किसिमको छ।
… सारमा भन्दा उत्तरआधुनिकतावाद सन् १९७० को दशकपछि युरोप र अमेरिकामा देखापरेको शुन्यवादी सिद्धान्तमा आधारित भ्रम, विनाश, विखण्डन र सर्वनाशमा जोड दिने वाद हो ।’’– ऋषिराज बराल (उत्तरआधुनिकतावाद र समकालीन यथार्थ, २७)
घ) ‘‘अस्थिरता, विविधता, बहुलता, अनेकार्थता, नवीनता, रहस्यमयता, असिमितता, अपुर्णता, मिश्रितता, तात्कालिकता, यान्त्रीकता, सार्विकता, स्थानीयता, व्यवहारिकता, लघुआख्यानता, भौतिकता, सर्वउपयोगवादीता, अन्तरपाटीयता, समता, उदारता, मानवता, सहिष्णुतता, व्यक्तिपरकता, मुख्यता, परम्परितकेन्द विघटन, विनिर्मितता जस्ता विशेषताद्धारा यो (उत्तरआधुनिकतावाद) चिनिन्छ ।’’
– डा.विष्णुप्रसाद पौडेल (साहित्यको समकालिनता र समकालीन लेखनका चुनौतिहरु,
ङ) “It becomes more and more difficult… to specify exactly what it is that ‘post modernism’ is supposed to refer to as the term gets stretched in all directions across different debates, different disciplinary and discursive boundaries, as different factions seek to make it their own, using it to designate a plethora of incommensurable objects, tendencies, emergencies. When it becomes possible for people to describe as ‘post modern’ the décor of a room, the design of a building , the diagesis [narrative] of a film, the construction of a record, or a ‘scratch’ video, a television commercial, or an arts documentary, or the ‘intertextual’ relations between them, the layout of a page in a fashion magazine or critical journal, an anti-teleological [possessing no overall design or universal plan] tendency within epistemology [the science of knowledge], the attack on the ‘metaphysics of presence’ [a self-certifying or absolute structure or foundation which lies beyond the operation of language], a general attenuation of feeling, the collective chagrin and morbid projections of a post- War generation of baby boomers confronting disillusioned middle age, the ‘predicament’ of reflexivity, a group of rhetorical tropes, a proliferation of surfaces, a new phase in commodity fetishism, a fascination for images, codes and styles, a process of cultural, political or existential fragmentation and/ or crisis, the ‘de-centring’ of the subject, an ‘incredulity towards metanarratives’, the replacement of unitary power axes by a plurality of power/ discourse formations, the ‘implosion of meaning’, the collapse of cultural hierarchies, the dread engendered by the threat of nuclear self-destruction, the decline of the university, the functioning the effects of the new miniaturized technologies, broad societal and economic shifts into a ‘media’, ‘consumer’ or ‘multinational’ phase, a sense (depending on who you read) of ‘placelessness’ or the abandonment of placelessness (‘critical regionalism’) or (even) a generalized substitution of spatial for temporal co-ordinates when it becomes possible or describe all these things as ‘post modern’… then it’s clear we are in the presence of a buzzword.
-Dick Hebdige,
(Hiding in the Light: On Images and Things, 181-2)
च) It (Post Modernism) is a dramatic break from Modernism and a continuation of it; it is a progressive development from Marxism and a denial and renunciation of Marxism’s basic tenets; it is radically left wing and neoconservative; it is both radical and reactionary; it advocates the dissolution of the grand narratives and is, in itself, the grand narrative of the end of grand narratives; it is the projection of the aesthetic on to the cultural and congnitive fields; it is the cultural logic of late capitalism; it is the loss of the real; it is a renunciation of all critical philosophical standards’ and it is a radical critique of philosophy and the fields of representation. Post modernism, in other words, is raddled with contradictions and perpetuated through paradoxes.
- Chris Snipp-Walmsley
(“Post Modernism”, 405-406)
छ) Post Modern Theorists have emphasized fragmentation against unity, disorder against order, particularism against universalism, syncretism against holism, popular culture against high culture and localism against globalism.
-Mike Featherstone


विशेषताहरुः
माथि उल्लेखित दार्शनिक अवधाराणाहरु, व्याख्याहरु र ऐतिहासिक घटनाक्रमहरुको धरातलमा उभिएर केही विचारकहरुले उत्तरआधुनिकतावादको विशेषताहरु लिपिबद्ध गर्ने प्रयास गरेका छन् । उत्तरआधुनिकतावादको साहित्य सृजना र समालोचना क्षेत्रमा देखापरेका विशेषताहरु डा. लक्ष्मण गौतमले यसरी प्रस्तुत गरेका छन् :
१. उत्तरआधुनिक साहित्यमा सिद्धान्तको स्वायत्तता हँुदैन । कुनै अन्तिम निर्विकल्प रुप र व्यवस्था हुँदैन । यसमा स्थापित परम्परित सिद्धान्तको अतिक्रमण हुन्छ ।
२. उत्तरआधुनिकतावादमा साहित्यको सग्लो रुप हँुदैन । विभिन्न किसिमका विचार दर्शन, कला, संस्कृति आदिको समिश्रण यसमा पाइन्छ ।
३. उत्तरआधुनिकतावादमा विधाहरुको स्वतन्त्रता र स्वायत्तता हुँदैन । यहाँ आएर सृजना र समालोचनाको भेद मेटिन्छ ।
४. उत्तरआधुनिकतावादले साहित्यलाई अनुकरण मान्दछ र कुनै प्रचलित शब्द, वाक्य आदिको संयोजन मात्र लेखकले गर्ने हो, तसर्थ कुनै पनि कृति मौलिक हुँदैन भन्ने मान्यता राख्दछ ।
५. उत्तरआधुनिक साहित्य शृङ्खलित नभई विशृङ्खलित हुन्छ र अव्यस्थितताका बिच आफ्नै किसिमको व्यवस्था रहेको हुन्छ ।
यसरी नै नवमाक्र्सवादी डेभिड हार्बेले उत्तरआधुनिकताको सांस्कृतिक पक्षमा केन्द्रित हुँदै आफ्नो पुस्तक The Condition of Post Modernity मा उत्तरआधुनिकताको विशेषताहरु यसरी व्याख्या गरेका छन् ः
१. आधारभूत रुपमा उत्तरआधुनिकतावाद सांस्कृतिक अवधारणा हो ।
२. यो विखण्डनमा विश्वास राख्ने बहुलवादी चिन्तन हो ।
३. आधुनिकताको विरोधको यो पूँजीवादी चाल हो ।
४. अनेकता भिन्नता असम्वद्धतामा जोड दिन्छ ।
५. यसले स्थानीयतालाई जोड दिन्छ ।
६. यसले वर्गियता निषेध गर्छ र स्वायत्तताको वकालत गर्दछ ।
७. यसले भाषा खेलमा जोड दिन्छ ।
८. यसले उपभोक्तावादी संस्कृतिलाई जोड दिन्छ ।
१०
९. गम्भिरता र गहिराइको सट्टा सतहीपनमा जोड दिन्छ ।
१०. यो एक किसिमको नशा हो जसले युवा मानसिकतालाई बढी आकर्षित गर्दछ ।
(बराल, ३६)
उत्तरआधुनिकतावादलाई दर्शन, विचारधारा, इतिहासगत, सौन्दर्यशास्त्रीय र प्रवोधनात्मक Enlightenment पक्षबाट विश्लेषण र मुल्यांकन गर्दै वाम चिन्तक ऋषिराज बरालले यसका विशेषताहरुलाई निम्नलिखित बुँदाहरुमा व्यक्त गरेका छन् ः
१. सबै क्षेत्रमा अन्त्यको धारणालाई स्थापित गर्ने प्रयास
२. प्रबोधनकाल यताको समग्र इतिहासप्रति नकरात्मकता
३. शून्यवादको पूर्पक्ष र माक्र्सवाद प्रति घृणाभाव
४.समुहवद्धता, समग्रताको स्थानमा विखण्डन, विसर्जन र सर्वनाशको जोड
५. यथार्थ समाज र सामाजिक सम्बन्धको निषेध
६. भाषामा निहित शक्तिको दुरुपयोग गर्दै भाषा खेलको संसार निर्माण
७. वर्ग र वर्गियता नभएको भिन्नता र परिचय राजनीतिमा जोड
८.यथार्थवाद र सामाजिक यथार्थवादी मुल्यमान्यताको निषेध गर्दै साहित्यकलालाई एकान्तवाद र एकान्त बासको साधन ठान्नु
९.फाँसीवादी चिन्तन र दमनकारी राजनीतिक सत्तालाई स्थायित्व प्रदान गर्न सघाउ पु¥याउनु
उत्तरआधुनिकतावादको विशेषताहरु चर्चा गर्ने सन्दर्भमा आधुनिकतासँग तुलना गर्दै इहाब हासन (Ihab Hassan) ले निम्नलिखित बिस बँुदाहरु प्रस्तुत गरेका छन् ः
आधुनिकता आधुनिकतावाद
बद्ध बन्द
निश्चयात्मक
आख्यानात्मक
निर्माण निर्मित
क्रमिक/श्रेणीवद्ध शृङ्खलित
सर्वकालिन
नियमित अुनशासित
गहन गम्भिर
पठन सङ्केतिक
संश्लेषणात्मक जोड
पुर्ण उत्पादनमुलक
प्रायोजित योजनावद्ध
केन्द्रित
विधा र सीमा
एकल एकत्व
समग्र समष्टी
इतिहासको गतिमय निरन्तरता
लेखकीय अस्तित्व
राष्ट्रिय अन्तराष्ट्रिय
सार्वभौमिकता
उत्तरआधुनिकता उत्तरआधुनिकतावाद
मुक्त खुला
अनिश्चयतात्मक
प्रतिआख्यानात्मक
विनिर्मित विनिर्माण
विशृङ्खलित व्यतिक्रमिक
तत्कालिन
अराजक स्वच्छन्द
सतही बाह्य परिधिय
विपठन सङ्केतिक
विश्लेषण भिन्न
प्रक्रिया प्रदर्शनात्मक
संयोग आकस्मिक
विकेन्द्रित
पाठ र अन्तर्पाठ
बहुलता बहुत्व
खण्डित व्यष्टि
इतिहासको अन्त्य
लेखकीय मृत्यु
स्थानिय विश्वव्यापीकरण
परिवेश सापेक्षता
(गौतम २२–२३)

नवीन प्रवृत्तिहरुः
साहित्य सृजना र समालोचनाको क्षेत्रमा उत्तरआधुनिकतावादी संस्कृति, प्रवृत्ति र चिन्तन, प्रविधि र संचारको विकास आदिले प्रभावित भई केही नवीन प्रवृत्तिहरु देखापरेका छन् । ती प्रवृत्तिहरु यस प्रकार छन् ः
१. परोक्ष यथार्थवाद (Virtual Reality)
२. अधि यथार्थवाद Hyperreality
३. जादुमय यथार्थवाद (Magical Realism)
४. समलिङ्गीयता तथा तेस्रो लिङ्गीयता (Homesexuality and Third sex)
५. सन्दीग्धतावाद सिद्धान्त (Queer Theory)
६. अभिजात सिद्धान्त (Trauma Theory)
७. जनजातीय अध्ययन सिद्धान्त (Ethnic Studyes)
८. आप्रवासी लेखन (Diasporic Writing)
९. उत्तरउपनिवेशवाद (Post Colonialism)
१०.वातावरणवादी समालोचना (Ecocriticism) आदि

यसरी उत्तरआधुनिकता र उत्तरआधुनिकतावाद भू–मण्डलीकरण, सूचना र सञ्चारमा आएको क्रान्ति, उत्तरऔद्योगीकरण, उपभोक्तावादी संस्कृति, विश्वयुद्धहरुको त्रासद् अनुभव, शहरीकरण, केन्द्र र आस्थाको धरोहर गुमेको अवस्था आदिको प्रभाव र प्रतिक्रियास्वरुप विशेषत दोस्रो विश्वयुद्ध पश्चात् विकसित भएको दार्शनिक चिन्तन, सौन्दर्यशास्त्र, जीवन शैली र संस्कृति हो ।
यसको प्रभाव र प्रयोग मानवीय जीवनको विभिन्न क्षेत्रहरु जस्तै आर्थिक क्रियाकलाप, समाजशास्त्र, मानवशास्त्र, राजनीतिक प्रणाली, दर्शनशास्त्र, शिक्षा, कला र साहित्य, वास्तुशास्त्र, फेसन इत्यादिमा व्यापक रुपमा पाइन्छ ।
एकत्वको विरोध गर्दै बहुत्ववादी प्रवृत्तिको पृष्ठपोषण गर्नु, परम्पराको विरोध गर्दै पुराना मूल्य मान्यताहरुलाई चुनौति दिनु, उच्च संस्कृति र प्रसिद्ध संस्कृतिको भेदलाई प्रश्न गर्नु, स्थापित केन्द्रको विरोध गर्दै नव केन्द्रहरुको स्थापना गर्नु, साहित्यमा नविनतालाई प्राथमिकता दिदैं प्रयोगात्मकतामा जोड दिनु, विधागत भिन्नतालाई मेट्ने प्रयास गर्नु, अन्तरपाठात्मकतालाई जोड दिनु, लेखकको मृत्युको घोषणा गर्नु, प्राचीनता तर्फ फर्केर इतिहासलाई पुनर्लेखनको प्रयास गर्नु, सम्पूर्णताकोा दावी गर्ने (Teleological)ज्ञान शास्त्र (Epistemology) विरोध गर्नु, माहाआख्यानप्रति अविश्वास गर्नु, सतहको विस्तार गर्नु, सांस्कृतिक तथा राजनीतिक विविधतालाई जोड दिदै स्थानीयतालाई महत्व दिनु, उपभोक्तावादी संस्कृतिलाई जोड दिनु, आमनागरिकलाई उपभोक्ता वा ग्राहकको रुपमा बुभ्mनु, मानवीय अस्तित्वलाई विखण्डित र विश्रृङ्खलित छ भन्नु, भाषालाई एक खेलको रुपमा चित्रित गर्नु, सापेक्षता, तत्कालिनता र आकस्मिकतामा विश्वास मान्नु, विखण्डित र विश्रृङ्खलित अवस्थाप्रति उत्सव व्यक्त गर्नु, कुनै सत्यलाई अन्तिम र सार्वभौम नमान्नु, सीमाको अन्त्यको घोषणा गर्नु र यथार्थको छलन भएको मान्नु यसका केही विशिष्टताहरु हुन् । on the 1980s wear on
उत्तरआधुनिकता र उत्तरआधुनिकतावाद बारेमा बहस समसामयिक एक जल्दोबल्दो विषय हो । नेपालमा पनि केही समय अगाडि पत्रपत्रिका मार्फत पनि यस सन्दर्भमा बहस र छलफल सञ्चालन गरिएको थियो । यसको बारेका बहस मुल रुपमा राजनीतिक, आर्थिक विकास, संस्कृति तथा कला साहित्य सृजना र समालोचनामा केन्द्रित रहेको पाइन्छ । राजनीतिक दलहरुले आफ्नो परम्परागत मूल्य मान्यताहरुमा पुनर्लेखनको प्रयास, सशस्त्र र शान्तिपूर्ण आन्दोलनको फ्युजन, संविधान सभाको घोषणापश्चात् विना रक्तपात राजतन्त्रको अन्त्य इत्यादि समकालीन नेपालका आफ्नै मौलिक र विशिष्ट प्रकारको राजनीतिमा देखिएको उत्तरआधुनिकता हो । स्थानीय स्रोत साधन सीपको उपयोग गर्दै विकासको फल उपयोग गर्ने उपभोक्तालाई विकास प्रक्रियामा सरिक गराउँदै (उपभोक्ता समुह ) स्थानीय आवश्यकता अनुरुप विकास गर्नुपर्छ भन्ने यसको आर्थिक विकासको अवधारणा हो । साहित्य सृजनामा सन्दर्भ सामाग्रीहरुको सूचि, स्थानीयतालाई प्राथमिकता, अतितको उत्खनन् र पुनर्लेखन र संगीतमा रिमिक्स, कला र साहित्यमा देखिएका केही उत्तरआधुनिकतावादका प्रवृत्तिहरु हुन् । तेस्रो लिङ्गीको नाममा नागरिकता, लैङ्गिक पहिचान बारेमा बहुलवादी धारणा, जातीय पहिचानको आधारमा गाउँहरु स्थापना गरी पर्यटकहरुलाई आकर्षक गर्ने प्रयास, फेसबुक, ट्विटर जस्ता सामाजिक नेटवर्कको प्रयोगको व्यापकता, भर्चुअल पुस्तकालय विस्तार आदि हाम्रा जीवन शैलीमा देखिएका केही उत्तरआधुनिक प्रवृत्ति हुन् ।
अन्त्यमा
समाज विज्ञानमा बहस र छलफल चल्ने अन्य वादहरु जस्तै उत्तरआधुनिकता र उत्तरआधुनिकतावादका पनि केही राम्रा र नराम्रा पक्षहरु छन । एक केन्द्रवादी धारणालाई अस्वीकार गरेर बहुसंस्कृतिक, बहुभाषिक, बहुजातीय समाज निर्माणको सैद्धान्तिक आधार दिनु, सिमान्तकृत अल्पसंख्यक वर्ग जाती र लिङ्गलाई मुल धारमा स्थान दिनु पर्ने मान्यता राख्नु, विकासमा स्थानीय स्रोत साधन शीप र आवश्यकतालाई जोड दिनु, सांस्कृतिक विभेदको अन्त्यको प्रयास गर्नु यसका राम्रा पक्षहरु हुन् । कलालाई उपभोग्यवस्तु सरह बजारीकरण गर्नु सत्यको बहुरुपता र माहाआख्यानहरुको अन्त्यले ठीक र बेठीक छुट्टयाउन दुविधापूर्ण स्थितिको सृजना गर्नु, अर्थ र सत्यको निरन्तर चिप्लाइको मान्यताले मानिसलाई आफ्नो सामाजिक, आर्थिक र राजनीतिक परिवेशबाट विमुख गराई तत्कालीन संस्थापन पक्षको निरन्तरतामा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु माहाआख्यानहरुको अन्त्यको घोषणा गर्दै स्वयम् एक माहाआख्यान बन्न, उपभोक्तावादी संस्कृतिलाई बढी प्रसय दिनु इतिहासको वेवास्ता गर्नु आदि यसका दुर्वल पक्षहरु हुन ।

सन्दर्भ ग्रन्थहरुः
१ गौतम, डा. लक्ष्मणप्रसाद, नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना, काठमाण्डौः आरियन्टल, २०६६ ।
२. चापागाई, निनु, उत्तरआधुनिकतावादः भ्रम र वास्तविकता, काठमाण्डौंः सहस्राब्दी, २०६१ ।
३. पौडेल, डा.विष्णुप्रसाद, ‘‘साहित्यको समकालीनता र समकालीन लेखनका चुनौतीहरु’’।
४. बराल, डा.ऋषिराज, उत्तरआधुनिकतावाद र समकालीन यथार्थता, काठमाण्डौं ः वङ्गलामुखी, २०६३ ।
५. शर्मा, महोनराज र लुइटेल, खगेन्द्र, पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाण्डौं ः विद्यार्थी, २०६१ ।
अंग्रेजी भाषाका
१. Barry, Peter. Beginning Theory: An Introduction To Literary And Cultural Theory. Manchester; Manchester UP, 2007.
२. Das, Bijay Kumar. Twentieth Century Literary Criticism. 5th ed. New Delhi: Atlantic, 2005.
३. Flax, Jean. “Postmodernism and Gender Relation in Feminist Theory.” Feminism/Postmodernism. Ed. Linda J. Nicholson.
४. Routledge, 1990.
५. Mike, Featherstone. Undoing Culture: Globalization, Postmodernism and Identity. London: Saga.
६. Waugh, Patricia, ed. Modern Literary Theory and Criticism. Noida: Oxford UP, 2007.
७. Wood, Tim. Beginning Postmodernism, New Delhi: Viva Books, 2010.

No comments:

Post a Comment